दफा १२
अध्ययन तथा जाँचबुझ गर्नु पर्ने
(१) दफा ११ बमोजिमको कार्यादेश -प्राप्त भएपछि विषयगत समितिले त्यस्तो संस्थाको सम्बन्धमा थप प्रमाण आवश्यक भएमा दफा १० को उपदफा (२) बमोजिम तोकिएको परीक्षकलाई स्थलगत निरीक्षण गर्न लगाई प्रतिवेदन पेश गर्न आदेश दिन सक्नेछ। (२) उपदफा (१) बमोजिम परीक्षकबाट प्राप्त स्थलगत निरीक्षण प्रतिवेदन समेतका आधारमा विषयगत समितिले: आवश्यक अध्ययन तथा जाँचबुझ गरी केन्द्र समक्ष अन्तिम प्रतिवेदन पेश गर्नु पर्नेछ।

(३) उपदफा (१) र (२) बमोजिम गर्नु पर्ने स्थलगत निरीक्षण, अध्ययन तथा जाँचबुझ, प्रतिवेदनमा खुलाउनु पर्ने विवरण तथा प्रतिवेदनको ढाँचा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।